अजाक्स अन्तिम १६ मा, डर्टमण्ड पराजित « Khabarhub

अजाक्स अन्तिम १६ मा, डर्टमण्ड पराजित


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा अजाक्स र स्पोर्टिङ सिपीले जित हात पारेका छन् ।

बुधबार रातिको जितसँगै समूहमा ६ अंकको अग्रता बनाएको नेदरल्याण्डको शीर्ष डिभिजन च्याम्पियन अजाक्स अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा अजाक्स ३–१ ले विजयी भयो ।  १-० ले पछि परेको स्थितिलाई उल्टाउने क्रममा अजाक्सको लागि डुसान टाडिक, सेबास्टियन हलेर र डाभ्य कलासेनले एक एक गोल गरे ।

यता, डर्टमण्डको लागि मार्को रेउसले पेनाल्टीमा गोल गर्दै ३७ मिनेटमा अग्रता बनाएका थिए ।

गएराति नै भएको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ सिपीले टर्कीको बेसिक्तास जेकेलाई ४–० गोल अन्तरले पराजित गर्‍यो । स्पोर्टिङको एकोहोरो जितमा पेड्रो गोन्काल्भेसले दुई गोल तथा पौलिन्हो र पाब्लो सरवियाले एक एक गोल गरे ।

चौथो चरणको अन्त्यसँगै समूह ‘सी’ बाट ४ खेल खेल्दै अजाक्स सत प्रतिशत जित सहित १२ अंक बोकेर शीर्षस्थानमा छ । समान ६ अंक भए पनि गोल अन्तरका आधारमा स्पोर्टिङ दोस्रो र डर्टमण्ड तेस्रो स्थानमा छ । बिना अंक बेसिक्तास भने पुछारमा रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ९ : ३५ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित