कसैले भ्रम नपाले हुन्छ, छिटै चुनाव हुँदैन : नेपाल « Khabarhub

कसैले भ्रम नपाले हुन्छ, छिटै चुनाव हुँदैन : नेपाल

१० भाइलाई नेकपा एसमा आउन आह्वान


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताएका छन् ।

मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरे । ‘कसैले भ्रम नपाले हुन्छ आजै चुनाव हुन्छ, छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ,’ उनले भने ।

नेता नेपालले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो हुने दाबी गरे । ‘पाँच दलको गठबन्धन बलियो हुनेछ । पाँच दलीय गठबन्धन कसैले भत्काउन सकिँदैन,’ उनले भने ।

अब केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै नेता नेपालले कलम छाप चिन्ह भएको एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने जिकिर गरे ।

‘कलम छापको अभियान अघि बढ्दै जान्छ । पार लगाइन्छ जितिन्छ सफलता हात पारिन्छ,’ उनले भने, ‘निर्वाचनको मैदानमा विभिन्न ठाउँको आंकलन गरिरहेका छौं । हामी जित्नेछौं । हामीसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’

नेपालले एमालेमा रहेका १० भाइलाई नेकपा एसमा आउन आह्वान गरेका छन् ।

एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएको र पार्टीमा आउन आग्रह गरे ।

‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ । स्वागत छ,’ मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदानमा उनले भने ।

अध्यक्ष नेपालले आफूहरुसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुने भन्दै त्यस्ताहरुको पछि कोही नलाग्न अनुरोध गरे । ‘राम्रो पार्टीमा आउनुस् । हामीसँग आउनुस्,’ उनले भने, ‘हामी सहि निष्कर्ष पुग्ने, सही बाटोमा पुग्ने पार्टी हो । कलम छापलाई जिताउने हो । समाजवादमा जाने हो ।’

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ९ : २२ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६