अमेरिकी राष्ट्रपतिले नेपाललाई पूरा सहयोग गर्छु भनेका छन् : प्रधानमन्त्री देउवा « Khabarhub

अमेरिकी राष्ट्रपतिले नेपाललाई पूरा सहयोग गर्छु भनेका छन् : प्रधानमन्त्री देउवा

सहमति गरेर एमसीसी पास गर्ने आश्वासन


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

साता लामो ग्लास्गो जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर्केका प्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

‘बाइडेनसँग पनि रिसेप्सनमा भेट हुँदा टोपी लगाएर गएको थिए चिनिहाले । नेपाल आएका रहेछन् उनी । नेपाल राम्रो देश,  सबभन्दा खुब मन पर्छ भने । नेपालको सम्बन्धमा कुरा गर्दा उनले सबै थाहा पाएका रहेछन् । पूरा सहयोग हुने भन्नु भयो,’ उनले भने ।

प्रधानमन्त्री देउवाले बेलायतका रक्षा मन्त्रीको गोर्खाप्रति राम्रो सद्भाव पाएको बताए । ‘गोर्खा सैनिकसँगै काम गरेका रहेछन् । नेपाली राजदूत आएपछि समस्या समाधान अगाडि बढाउँछौं भने,’ उनले भने ।

देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई नआत्तिन आग्रह गरेको बताएका छन्।

एमसीसीकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया लतोर्तुलाई आफूले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र सहमतीमा छिट्टै पारित गर्ने आश्वासन दिएको उनले जानकारी दिए ।

‘सहमति गरेर हामी एमसीसी हामी पास गर्छौँ, संसद् अधिवेशन अर्कै कारणले बन्द गरेका हौं, आत्तिन पर्दैन भनेको छु’, देउवाले भने ।​

 

 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १० : ३७ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६