वीरगञ्जस्थित घण्टाघरको घडी फेरि सञ्चालनमा « Khabarhub

वीरगञ्जस्थित घण्टाघरको घडी फेरि सञ्चालनमा


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ ।

विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो ।

महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए । साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो ।

घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आव ०७८/०७९ मा रु ५० लाख बजेटसमेत विनियोजन गरेको जनाइएको छ ।

वीरगञ्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो । त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ११ : २० बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६