जमल–असन–इन्द्रचोकको तिहार रौनक « Khabarhub

जमल–असन–इन्द्रचोकको तिहार रौनक


१८ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा बजारमा रौनक बढेको छ ।

काठमाडौँको निकै व्यस्त हुने असन, भोटाहिटी, जमल, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरूमा क्रेता र बिक्रेताको ठेलमठेल भीड लागेको छ ।

सडक तिहारका सामान र लुगाकपडा बेच्ने व्यापारीहरूले छपक्कै ढाकेका छन् ।

बुधबार अपरान रानीपोखरीको आकाशे पुलबाट भोटाहिटी छिचोल्दै असन पुग्न अस्वाभाविक रूपमा लामो समय लाग्यो ।

पैदलयात्रीहरूको बाटो र रानीपोखरी पश्चितर्फका दुवै आकाशे पुल बिक्रेता र क्रेताहरूले भरिभराउ छन् । शुक्रबारसम्म यस्तै अवस्था रहनेछन् ।

व्यापारमा पनि चर्को प्रतिस्पर्धा छ । केही सस्तोमा दिएर धेरै बेच्ने सोच व्यापारीहरूमा देखिन्छ । व्यापारीहरू बाटोमा हिँडिरहेका यात्रुलाई आकर्षित गर्न अनेक उपाय गरिरहेका देखिन्छन् ।

विशेष गरी तिहारमा प्रयोग हुने भाइमसला, फूलमाला, टीकाका रङ, फलफूल, बिमिरो, ढाका टोपी, पाला, रातो माटा, झिलीमिली बत्ती लगायतका सामानले जताततै सडक ढाकिएको छ ।

भोटाहिटी र जमल दुवैतर्फबाट इन्द्रचोक हुँदै वसन्तपुरसम्म तिहारको किनमेलको रौनक एकनासको देखिन्छ ।

मुलुकमा कोरोना संक्रमण फैलिएपछिको दोस्रो वर्षको यो बजारमा कोरोना संक्रमण नभएझैँ भिड लागेको छ ।

यस्तो दृश्य प्रायः दशैँतिहारको समयमा भइरहने स्थानीय व्यापारीहरू बताउँछन् । तिहारमा हरेक वर्ष यस्तै भिड हुने गर्छ । असन क्षेत्रमा तिहारका लागि चाहिने सबै सामान पाइन्छ भन्ने धारणाका कारण यस्तो भिड हुने गरेको क्रेताहरू बताउँछन् ।

कोरोना संक्रमणका कारणले लामो समय मन्दी भोगेका व्यवसायीहरू तिहारको चहलपहलले खुसी देखिन्छन् ।

रामकुमार महत बल्खु बस्छन् । तीन दिन भयो उनी असन चोकमा फूलमाला बेच्न बसेको छ । यसपालि उनको व्यापार राम्रो चलेको छ । तिहारमा फूलमाला बेच्न असन आएका हुन्, उनको व्यवसाय बल्खुमै छ ।

‘तीन दिनमा ५० हजारभन्दा माथिको व्यापार गरेँ,’ प्रशन्नताका साथ रामकुमारले भने, ‘यसपालि व्यापार राम्रो छ, भाइटीकाको दिनसम्म मालाको व्यापार हुन्छ ।’

रामकुमारले सयपत्री, गोदावरी र मखमलीका फूलमालका माला बेच्न राखेका छन् । यसवर्षको तिहारमा फूलमाला बेचेर लाखभन्दा माथि कमाउने उनको लक्ष्य छ ।

अर्का व्यापारी सुजन सापकोटा पनि खुसी छन् । तिहारमा व्यापार गर्न उनले लक्ष्मीपूजाका सामान राखेका छन् । अन्य समयमा उनी इन्द्रचोकमै बरमाला बेच्छन् ।

‘पाँच दिनको लागि ५० हजारभन्दामाथिको सामान हालेको छु यो सबै बिक्री हुँदा २० हजारसम्म फाइदा बस्छ’ उनले खबरहबसँग भने ।

थोरै लगानीमा बढी फाइदा लिने र चाडपर्व मनाउने व्यापारीहरूको सोच हो । व्यापार राम्रै भएपछि उनीहरू खुसी छन् ।

फुटपाथमा कपडा बेच्ने असनका राजन श्रेष्ठ टीकाको रङ, बिमिरो र भोगटे बेच्न बसेका छन् । यो उनको अतिरिक्त व्यापार हो ।

‘दश–बाह्र हजारको सामान बेचेर ३० हजारसम्म नाफा कमाउथेँ,’ उनले भने, ‘यसपालि पनि त्यस्तै कमाइ हुने आशा छ ।’

गत वर्षभन्दा बढी चहलपहल बढेकाले यसवर्ष बढी आम्दानी हुने अपेक्षा श्रेष्ठको छ ।

कतिपय व्यापारीहरु सडकमै माला गाँस्न व्यस्त देखिन्छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १ : २० बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६