अभिनेता विजय सेतुपतिमाथि आक्रमण « Khabarhub

अभिनेता विजय सेतुपतिमाथि आक्रमण


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय सेतुपति र उनको टिममाथि बेङ्लोर एयरपोर्टमा एक व्यक्तिले आक्रमण गरेका छन् । यद्यपि यो घटनाबाट कोही घाइते भएका छैनन् । प्रहरीको कडा सुरक्षाबीच अभिनेतालाई गरिएको हमलाले सबै चकित भएका छन् ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तमिले अभिनेताका फ्यानले आफ्नो सुपरस्टारको सुरक्षा मामलालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

समाचारअनुसार यो घटना बुधबार भएको हो । विजय कडा सुरक्षाबीच एयरपोर्टमा थिए । त्यहीबेला एक अज्ञात व्यक्ति पछाडिबाट दौड्दै आएर अभिनेतामाथि आक्रमणको प्रयास गरेका थिए । भिडियोमा विजय एयरपोर्टबाट बाहिर निस्कदै गर्दा एक व्यक्ति पछाडिबाट आएर उफ्रिएर आक्रमण गरेको देख्न सकिन्छ ।

प्रहरीका अनुसार ती व्यक्ति मातेका थिए र एयरपोर्टमा उपद्रो व्यवहार गरिरहेका थिए । घटना पश्चात प्रहरीले तुरुन्तै ती व्यक्तिलाई पक्राउ गरेका थिए । यो घटनापछि दुवै पक्षबीच विवाद भएको थियो । राष्ट्रिय अवार्ड विजेता विजय यो घटनापछि दुःखी छन् । यद्यपि के कारणले यो घटना भयो भन्ने प्रष्ट खुल्न सकेको छैन ।

विजयका एक निजी स्टाफ एयरपोर्टमा अभिनेताका लागि बाटो खाली गरिरहेका थिए । त्यही बेला उनले गल्तीले एक व्यक्तिलाई धकेलेका थिए । जसकारण ती व्यक्तिले रिसले विजयलाई पछ्याए र मौका पाउनासाथ आक्रमण गरे ।

भिडियोमा ती व्यक्तिले विजयलाई लातले हान्दै गरेको देख्न सकिन्छ । सुरक्षाकर्मीले पक्राउ गरेपछि ती व्यक्तिले माफी मागेका थिए । विजयले ती व्यक्तिलाई कुनै पनि किसिमको कारवाही नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  २ : ५७ बजे

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगोमाथि विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने