बेमौसमी वर्षा : एउटै नगरपालिकामा एक करोड ८७ लाखको धान क्षति « Khabarhub

बेमौसमी वर्षा : एउटै नगरपालिकामा एक करोड ८७ लाखको धान क्षति


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– दुई साता अघिको बेमौसमी वर्षाका कारण शितगंगा नगरपालिकामा मात्र १ करोड ८७ लाख रुपैयाँको धानबालीमा क्षति पुगेको छ । नगरपालिकाले १४ मध्ये १३ वडामा क्षतिको विवरण संकलन गर्दा ७ सय ६६ किसानको ७९ हजार क्विन्टल धानमा क्षति पुगेको हो ।

धानबालीमा १ करोड ८७ लाख ७३ हजारको क्षति पुगेकाले प्रदेश र संघ सरकारसँग राहत माग गरिएको उपमेयर टीका रेश्मीले जानकारी दिए।

कहाँ कति क्षति ?
शितगंगा १ मा १३ जना किसानको २ सय ४ क्विन्टल, २ मा १३ किसानको १ सय १४ क्विन्टल, ३ मा ३० किसानको ४ सय ६ क्विन्टल, ४ मा २६ जना किसानको ४ सय ३८ क्विन्टल, ५ मा १६ किसानको १ सय ७७ क्विन्टल र ६ मा २७ किसानको ३ सय १४ क्विन्टल धान क्षति भएको तथ्यांक छ ।

त्यस्तै, शितगंगा ७ मा २५ किसानको ३ सय ३५ क्विन्टल, ८ मा चार किसानको १६ क्विन्टल, १० मा ५० किसानको ६ सय ३० क्विन्टल, ११ मा १ सय २२ किसानको १ हजार ७ सय १५ क्विन्टल, १२ मा ४८ किसानको ६ सय १० क्विन्टल, १३ मा १ सय ४८ किसानको ३ हजार २ सय २ क्विन्टल र १४ मा २ सय ४४ जना किसानको २ हजार ७ सय ९७ क्विन्टल धानमा क्षति पुगेको कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिए ।

संघ सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिका आधारमा राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ४ : १७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले