बंगलादेशमाथि अष्ट्रेलियाको धमाकेदार जित | Khabarhub Khabarhub

बंगलादेशमाथि अष्ट्रेलियाको धमाकेदार जित


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध अष्ट्रेलियाले धमाकेदाार जित हात पारेको छ ।

दुबईमा बिहिबार अष्ट्रेलियाले बंगलादेशविरुद्ध ८ विकेटको शानदार जित निकालेको हो ।

७४ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ६ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले १८ र आरोन फिन्चले ४० रन जोडे । मिचेल मार्स १६ रनमा अविजित रहे ।

बंगलादेशका तास्किन अहमेद र सोरफुल इस्लामले समान १–१ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ्ग गरेको बंगलादेशले १५ ओभरमा अलआउट हुँदै ७३ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि ओपनर मोहमद नइमले १७, समिम हुसेनले १९, महमुदुल्लाहले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बंगलादेशको ब्याटिङ लाइन ध्वस्त बनाउन अष्ट्रेलियाका एडम जाम्पाले ५ विकेट लिए ।

जाम्पाले ४ ओभर बलिङ गर्दै १९ रन खचिएर ५ विकेट लिएका हुन् ।

मिचेल स्टार्क र जोस हेजलवुडले समान २–२ विकेट हात पारे । ग्लेन म्याक्सवेलको नाममा एक विकेट रह्यो ।

बंगलादेश सुपर १२ मा जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अष्ट्रेलियाले महत्वपूर्ण जित निकाल्दै सेमिफाइनलको दौडमा आफूलाई बलियो बनाएको छ ।

समूह एकमा साउथ अफ्रिका र अष्ट्रेलियाले ४ खेलबाट समान ६ अंक जोडेका छन् । यो समूहबाट ८ अंकका साथ इंग्ल्याण्ड सेमिफाइनल पुगिसकेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १० : २२ बजे

सिरहाको लहानमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा– सिरहाको लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई

राफिन्हा र यमालको शानदार प्रदर्शनमा बार्सिलोना क्वार्टरफाइनलमा

काठमाडौं – बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल