राप्रपामा नयाँ नेतृत्व  चयन आज, थापा-लिङ्देन प्यानलसहित चुनावी मैदानमा « Khabarhub

राप्रपामा नयाँ नेतृत्व  चयन आज, थापा-लिङ्देन प्यानलसहित चुनावी मैदानमा


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपामा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा साँझ ५ बजेसम्म चुनाव हुँदैछ ।  अध्यक्ष पदका दुई उम्मेदवारी कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् ।

उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिए ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।

सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उनले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए । प्रारम्भिक नामावली २ बजे प्रकाशित हुनेछ ।

निर्वाचनमा देशभरबाट चार हजार ७ सय प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।  विद्युतीय मतदान भएकाले मतपरिणाम पनि छिट्टै आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ०१ बजे

सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज

काठमाडौँ – ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सफाइ अभियानमा सहभागी

फ्रान्सको लगातार दोस्रो जित, आयरल्याण्ड पराजित

काठमाडौँ- युरोकप छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ। आयरल्यान्डस्थित

झपक्कै फुल्यो आँप

तुलसीपुर – यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको

‘एक्सरे मेसिन’ दुई महिनादेखि प्रयोगविहीन

गलेश्वर- पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे

सिस्नु खानुका फाइदा

काठमाडौं – के तपाईँलाई थाहा छ सिस्नुका अचुक फाइदाहरू ?