१० तस्वीरमा हेर्नूहोस् सिंहदरवारभित्रको ‘भद्रगोल’ « Khabarhub

१० तस्वीरमा हेर्नूहोस् सिंहदरवारभित्रको ‘भद्रगोल’


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार । धेरैलाई लाग्न सक्छ सिंहदरवार भव्य छ । सभ्य सफासुग्घर छ । तर, लेन्सबाट सिंहदरबार त्यस्तो देखिएन । सिंहदरवार  भद्रगोल छ ।

१.सडक पेटीमै पार्किङ

सिंहदरवारमा सडक पेटी मन्त्रालयका सरकारी नम्बर प्लेटका गाडी पाकिङ स्थल बनेका छन् । सबैजसो मन्त्रालय अगाडि यो दृश्य देख्न सकिन्छ ।

सिंहदरवारका सडकमा नो पार्किङको ट्राफिक संकेत यत्रतत्र राखिएका छन् । तर, नियमविपरीत पार्किङ पनि उत्तिकै छ ।

२.फोहोर सडक पेटी

सिंहदरवारका सडक पेटिमा नालीबाट झिकेर कामदार फोहोर राखिरहेको देख्न सकिन्छ । कतै इँटा, टायरजस्ता सामग्री सिंहदरवारको फुटपाथमा भेटिन्छन् ।

३.पार्किङ नै कवाडीखाना

सिंहदरवारका सवैजसो पाकिङस्थलमा पुराना गाडी र मोटरसाइकल त्यत्तिकै फ्याकिरहेको देख्न सकिन्छ । सरकारी खर्चमा नयाँ नयाँ गाडी र मोटरसाइकल आएपछि कर्मचारीले पूराना सवारी पार्किङमा छोड्ने गरेका हुन् ।

४.उजाड फूलबारी

सुख्खा मौसम सुरुभएसँगै सिंहदरवारका फूलबरी उजाड बनेका छन् । मन्त्रालयका अगाडि सुकेका फूलका बोटले सिंहदरवारको अस्तव्यस्ताको रुप देखाइरहेको छ ।

५.कुकुर सुत्ने सडक

सिंहदरबारमा छाडा कुकुरको बासस्थल बनेको छ । मन्त्रालयका क्याटिनका बासी खाना उपलव्ध हुने भएपछि कुकुर सिंहदरबारमा रमाएर बसेका छन् । सिंहदरबारका कुकुर सडकमा पार्किङमा सुतेर सेवा ग्राहीलाई अप्ठ्यारो पारिरहेका छन् ।

६.फ्याँकिएका फर्निचर

सिंहदरबारको सौन्दर्य विगार्ने यहाँ यत्रतत्र फ्किएका फर्निचर पनि हुन् । कतिपय कार्यालयको भर्‍याङ,वरण्डालगायतका कुनामा पुराना सामान त्यतिकै फ्याँकिएका हुन्छन्

७.पुराना कागजपत्र

मन्त्रालयका कुनामा पुराना कागजपत्र पनि उत्तिकै देख्न सकिन्छ । यहाँ राखिएका कागजमा महत्वपूर्ण दस्तावेज पनि हुन सक्छ ।

८.मन्त्रालय अगाडि फोहोरको डंगुर

सिंहदरको एक भवन अगाडि फोहोरको डंगुर नै थियो । यस्ता फोहोर हरेक मन्त्रालयका कुना तिर जहाँत्यहीँ छन् ।

९. खुइलिएका साइन बोर्ड

सिंहदरबरभित्र मुद्रण विभागको साइन बोर्ड खुइलिएको देखिन्छ । अन्य कतिपय मन्त्रालयका बोर्डमा पनि फोहोर जमेको अवस्थामा छन् ।

१० केरा फल्यो

सिंहदरबारमा अर्को रोचक दृश्य पनि छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि केरा फलेको छ । यो केराको बोटलाई डोरीले बाँधेर अड्याइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : ५९ बजे

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख