रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको अमेरिकी गुप्तचर संस्थाको दाबी « Khabarhub

रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको अमेरिकी गुप्तचर संस्थाको दाबी


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी (सीआईए) ले दाबी गरेको छ । सीआईएका अनुसार उक्त कारबाहीमा रूसले करीब १ लाख ७५ हजार सैनिक सहभागी गराउने छ ।

बाइडेन प्रशासनसँग युक्रेनलाई नेटो गठबन्धनमा सहभागी नगराउन बाइडेन प्रशासनलाई दबाब दिइरहेका बेला अमेरिकी सैनिक अधिकारीको यस्तो भनाइ आएको हो ।

रूसले नेटो र युक्रेनलाई बदनाम गराउन खोजिरहेको अमेरीकी अधिकारीहरूले आरोप लगाएका छन् । सीआईएका अनुसार रूसले फेक मिडिया आउटलेटको प्रयोग गरेर प्रचारबाजी पनि गरिरहेको छ ।

अमेरिकाले रुसले गर्नसक्ने सम्भावित आक्रमण रोक्ने बताएको छ । यसअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गर्ने चुनौतीपूर्ण काम हुने बताएका थिए ।

यता युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनिकोवले रुससँग जोडिएको क्रिमियामा झण्डै १ लाख सैनिक तैनाथ गरिएको दाबी गरेका थिए ।

 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  २ : ०२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु