जातीय आधारमा राज्यको पुनःसंरचना हुनुपर्छ : बाबुराम | Khabarhub Khabarhub

जातीय आधारमा राज्यको पुनःसंरचना हुनुपर्छ : बाबुराम


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको पुनसंरचनाको बिषयलाई आफुले नछाडेको बताएका छन् ।

शनिबार जसपाको समाजवादी नेवा संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा भट्टराईले यसअघि आफूहरुले भन्दै आएको जातीय र सामथ्र्यका आधारमा राज्यको पुनसंरचनाको बिषयलाइ नछाडेको बताए ।

आफूहरुले राखेको बिषयलाई संसदबाट अनुमोदन गराउनका लागि अहिले दुई तिहाई नपुग्ने भएकाले अवको निर्वाचनको परिणामपछि आफ्ना मुद्दालाइ स्थापित गर्न लाग्ने उनले बताए।

भट्टराईले केपी ओलीको मुर्खताका कारण मुलुकको संघीयता नै खतरामा परेकाले आफूहरु एकजुट भएको र केही उपलव्धी जोगाउन सरकारमा सहभागी भएको बताए । उनले संविधान संशोधनको प्रस्ताव अघि बढाउन पहल गर्ने र त्यसका लागि सडक र सदनबाट संघर्ष गर्ने जिकिर गरे ।

 

 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ०० बजे

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते