वैद्य निकट पत्रकारको राष्ट्रिय भेला नवलपरासीमा हुने « Khabarhub

वैद्य निकट पत्रकारको राष्ट्रिय भेला नवलपरासीमा हुने


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेकपा (क्रान्तिकारी माओवादी) निकट पत्रकारको विशेष राष्ट्रिय भेला आगामी पुस ४ गते नवलपरासीमा हुने भएको छ ।

राष्ट्रिय सम्मेलनको तयारीको रुपमा आगमी पुस ४ गते पश्चिम नवलपरासीको बर्दघाटमा ‘बिशेष राष्ट्रिय भेला’ गर्न लागिएको क्रान्तिकारी पत्रकार महासंघका लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेयले जानकारी दिए ।

फागुनमा हुने हुने राष्ट्रिय सम्मेलनलाई ध्यान दिएर राष्ट्रिय भेला आयोजना गरिएको क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले बताए ।

भेलामा ५५ जिल्लाका १ सय ५० जना प्रतिनिधि तथा पर्यबेक्षक सहभागी हुनेछन् । भेलाको उदघाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य गर्ने पनि श्रेष्ठले जानकारी दिए ।

यस्तै, क्रान्तिकारी पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको शनिवार बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले नेपालमा विदेशी लगानीका सञ्चार माध्यममाथि प्रतिबन्ध लगाउन माग गरेको छ ।

बैठकपछि महासंघ प्रदेश संयोजक पाण्डेयले विज्ञप्ति जारी गर्दै मिडियामा बढ्दो बैदेशिक र अपारदर्शी लगानीले नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि नै खतरा उत्पन्न गर्ने ठहर गर्दै त्यसको विरोधमा सशक्त आवाज उठाउने निर्णय गरेको जनाएका छन् ।

शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा )क्रान्तिकारी माओबादी) पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज प्रेम सुवेदीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा पत्रकारहरुको कलम चल्नुपर्ने बताए । उनले बैदेशिक हस्तक्षेप बृद्धि भएको बर्तमान अवस्थामा राष्ट्रिय स्वाधीनताको पक्षमा पत्रकारहरुको मिसन हुनुपर्नेमा जोड दिए ।

महासंघका प्रदेश संयोजक रवि पाण्डेको अध्यक्षता, संगठनका महासचिव रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता, क्रान्तिकारी माओवादीका पोलिटब्यु्रो सदस्य प्रेम सुबेदीको बिशेष आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन महासंघका केन्द्रीय सदस्य दामोदर खनालले गरेका थिए ।

त्यस्तै, प्रदेश सचिवालयको विस्तारित बैठकले प्रदेशका १२ वटै जिल्लामा भेला तथा प्रतिनिधि पर्यबेक्षक छनोटलाई तीब्रता दिनेलगायतका निर्णय समेत गरेको खनालले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १० : २० बजे

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र