धेरै चिया पिउनुहुन्छ ? तपाईंका लागि खुसीको खबर छ… « Khabarhub

धेरै चिया पिउनुहुन्छ ? तपाईंका लागि खुसीको खबर छ…


२१ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

के तपाईं पनि त्यस्तै एक व्यक्ति हो, जसलाई चिया नभइ हुँदैन ? अर्थात् चिया धेरै पिउने गर्नुहुन्छ ? प्रायजसो चिया धेरै पिउने मान्छेलाई सल्लाह दिने गरिन्छ कि धेरै चिया पियो भने बिमार भइन्छ, कम गर ! तर, यहाँ हामीले चिया पिउने व्यक्तिका लागि खुसीको समाचार लिएर आएका छौं ।

एक खोजका अनुसार धेरै चिया पिउने व्यक्ति कम चिया पिउनेको तुलनामा काममा धेरै फोकस हुने तथा क्रियटिभ हुने गर्छन् । चिया पिउनाले एकाग्रता बढ्ने खोजबाट पत्ता लागेको छ । धेरै चिया पिउने व्यक्तिमा मानसिक स्पष्टता समेत राम्रो हुने गरेको रिसर्चबाट पत्ता लागेको छ । चिया पिउनाले मानिसमा क्रिएटिभिटी बढ्न जान्छ ।

खासगरेर चियामा क्याफिन र थियनाइन उपलब्ध हुन्छ । जसले मानषिक अलर्टनेस बढाउने गर्छ । फूड क्वालिटी एण्ड प्रिफरेन्स जर्नलमा प्रकाशित रिसर्च रिपोर्टका अनुसार एक कप चिया पिएपछि कुनै पनि व्यक्तिले आफ्ना मानषिक चुस्तता महसूस गर्न सक्छन् ।

मनोवैज्ञानिकहरुको टीमले ५० जना विद्यार्थीमा यसको रिसर्च गरेका हुन् । रिसर्चमा सहभागी विद्यार्थीको उमेर २३ साल थियो । आधा विद्यार्थीलाई पिउनका लागि चिया दिइयो भने आधालाई चिया । त्यसपछि पत्ता लाग्यो कि चिया पिउने विद्यार्थीमा रचनात्मक क्षमता (क्रिएटिभिटी) बढी देखियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : ४५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका