जनवरी १ मा नयाँ वर्ष नमनाउने ५ देश « Khabarhub

जनवरी १ मा नयाँ वर्ष नमनाउने ५ देश


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंग्रेजी नयाँ वर्ष २०२१ शुरु भएको ३ दिन मात्र भएको छ । यस अवसरमा विश्वभर उत्साहका साथ नयाँ वर्ष मनाइयो । तर विश्वमा नेपालसहित केही यस्ता देश छन् जो १ जनवरी अर्थात अंग्रेजी नयाँ वर्षको सट्टा आफ्नै मान्यता अनुसारको नयाँ वर्ष मान्दछन् । कुन कुन हुन् ती देश ?

१. नेपाल
नेपालमा जनवरी १ लाई नयाँ वर्षका रुपमा मनाइदैन । नेपालमा वैशाख १ गते अर्थात बिक्रम संवतको पहिलो महिनाको पहिलो दिनलाई नयाँ बर्षको रुपमा मनाइन्छ ।

२. म्यान्मार
म्यान्मारमा पनि जनवरी १ मा नयाँ वर्ष मनाइदैन । यहाँका मानिस १३ देखि १५ अप्रिलका बीचमा नया वर्ष मान्दछन् । म्यान्मारको नयाँ वर्षलाई तिजान भनिन्छ ।

३. ईरान
ईरानमा सूर्यले मेष राशीमा प्रवेश गरेको दिनमा मात्र नयाँ वर्ष मनाइन्छ । ईरानको नयाँ वर्षलाई नौरोज भनिन्छ । नौरोज मुख्यतः मार्च महिनामा पर्ने गर्दछ ।

४. थाईल्याण्ड
थाईल्याण्डमा पनि १ जनवरीमा नयाँ वर्ष मनाइदैन । यस देशमा पनि १२ देखि १५ अप्रिलको बीचमा नयाँ वर्ष मानिन्छ ।

५. जापान
जापानमा पनि १ जनवरीको सट्टा ५ जनवरी नयाँ वर्ष मनाइन्छ । यसअघि जापानमा २० जनवरीदेखि १९ फेब्रुअरीसम्म नयाँ वर्ष मनाउने गरिन्छ ।

६. भारत
हुनत भारतभर अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ लाई नै नयाँ वर्षको रुपमा मनाइन्छ । तर भारतको तमिलनाडु राज्यमा स्थानिय भाषाको तिथी पोंगलका दिन नयाँ वर्ष मनाइन्छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ९ : २५ बजे

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ