टोपी लगाउँदा चाया पर्ने समस्या छ ? यसरी बच्नुस् « Khabarhub

टोपी लगाउँदा चाया पर्ने समस्या छ ? यसरी बच्नुस्


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  टाउको शरीरको निकै संवेदनशिल भाग भएको कारण पनि चिसोबाट यसलाई बचाउनुपर्छ ।

चिसोबाट बचाउन टोपी लगाउँदा पनि चाया पर्ने समस्या हुन्छ त्यसैले यस्ता उपाय अपनाउनुभयो भने चायाबाट छुटकारा पाउन सकिन्छ ।

कागतीको रसः नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चाया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ ।

एलोभेरा जेलः नुहाउनुभन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।

दहीः कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् । यसलाई हप्ताको दुई पटक गर्नुहोस् ।

प्याजको रसः  प्याजको रस कपालमा लगाउँदा यसमा पाईने तत्वले कपालको जरा बलियो हुन्छ, कपाल बाक्लो बनाउँछ । प्याजको रस सही रुपमा प्रयोग गर्दा कपाल चम्किलो र सिल्की बन्छ । प्याजको रसमा पाईने एन्टिब्याक्टेरियलले कपालमा चाँया कम गर्नुका साथै कपाल बाक्लो र लामो बनाउन मद्धत गर्छ । त्यसैले प्याजको रस नियमित प्रयोग गर्दा तपाईको कपाल लामो र बाक्लो हुन्छ ।

यस्तो छ प्याजको रस बनाउने विधिः

– पहिले प्याजलाई ताछेर धुनुहोस् ।

– छोटो–छोटो टुक्रा बनाउनुस् ।

– काटिसकेपछि पिस्नुहोस् ।

– यसपछि यसलाई जालीमा राखेर छान्नुहोस् ।

– प्याजको रस रेडी हुन्छ ।

– अब कपालमा लगाउनुहोस् ।

– प्याजको रस लगाएपछि केही समय तपाईलाई चहर्याउन वा चिलाउन पनि सक्छ । तर,केही समयमै ठीक हुन्छ । यो क्रम दोहोर्याएमा यस्तो समस्याबाट छिट्टै मुक्ति मिल्छ ।- एजेन्सीको सहयोगमा ।

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : ४५ बजे

भैँसेपाटीस्थित मन्त्री निवास बस्न अयोग्य, नयाँ मन्त्रीलाई अस्थायी आवासको व्यवस्था गरिने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको