पश्चिमी वायुको प्रभाव कायमै, बुधबार रातिसम्म हिमपात र वर्षाको पूर्वानुमान | Khabarhub Khabarhub

पश्चिमी वायुको प्रभाव कायमै, बुधबार रातिसम्म हिमपात र वर्षाको पूर्वानुमान

काठमाडौँ उपत्यकामा हुस्सु


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसम आज पनि बदली भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रम आज पनि रोकिएको छैन ।

हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा आइतबारदेखि नै हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेको छ ।

तापक्रम माइनसमा झरेसँगै जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन् । हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ ।

पश्चिमी वायुकै प्रभावले काठमाडौं उपत्यकामा आज पनि बाक्लो हुस्सु लागिरहेको छ । काठमाडौं उपत्यकामा सोमबार पनि हुस्सु लागेको थियो भने बिहान सामान्य वर्षा भएको थियो ।

महाशाखाका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना कम छ । बादलले ढाकेका कारण उपत्यकाको न्युनतम तापक्रममा भने गिरावट आएको छैन ।

मंगलबार बिहानको मापन अनुसार काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

आज दिनभर नै देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनेछ ।

त्यस्तै बागमती प्रदेश र प्रदेश १ को एकदुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार रातिसम्म नै मौसममा बदलीको अवस्था रहनेछ ।

वर्षा र हिमपातपछि चसो बढेपछि महाशाखाले चौविस घण्टे परामर्श जारी गर्दै सचेत रहन आग्रह पनि गरेको छ ।

महाशाखाले मंगलबार बिहान जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भै हल्का बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा हल्का गिरावट आइ देशैभरी चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ७ : २९ बजे

‘संविधानलाई  धक्का लागेको छ, समयमै निर्वाचन गरेर ट्रयाकमा ल्याउनुपर्छ’

काठमाडौं– संविधानविद् र अधिकारकर्मीहरूले नेपालको वर्तमान संविधानलाई समयानुकूल तुल्याउँदै रक्षा

माओवादी फरक धातुहरूले बनेको पार्टी हो : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी

आगोले निभाउन नसकेको नेताको अहं

निवर्तमान प्रधानमन्त्री केपी ओली मध्यरातमा आइप्याड चलाएर बालुवाटारमा बसिरहेका थिए

शुक्लाफाँटामा गाईको बाच्छीमा लम्पी स्किन पुष्टि

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी

चितवनमा मनाइयो संविधान दिवस

चितवन– शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ