काठमाडौँ उपत्यकामा वायु प्रदूषण एकै दिनमा दोब्बर वृद्धि « Khabarhub

काठमाडौँ उपत्यकामा वायु प्रदूषण एकै दिनमा दोब्बर वृद्धि


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २४ घण्टाको अवधिमा काठमाडौँको वायु प्रदूषण दोब्बर भन्दा धेरै बढेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार आइतबार भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्यूआई) १७३ रहेको थियो भने सोमबार भैंसेपाटीकै एक्यूआई ४०३ पुगेको छ ।

जुन अघिल्लो दिनको तुलनामा दोब्बरभन्दा बढी हो । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँमा हिजोदेखि घाम नलाग्नुको कारण पनि पश्चिमी वायुको प्रभाव रहेको भन्दै मौसमविद् डाक्टर ऋषिराम शर्माले काठमाडौँ उपत्यकाको वायु पनि धेरै खराब रहेको बताएका छन् ।

घर बाहिर हिडडुल गर्नेले पनि अहिलेको वायु प्रदूषणको अवस्था थाहा पाउन सक्ने बताउँदै जनस्वास्थ्यविदहरुले अहिले घरबाहिर ननिस्कन सुझाव पनि दिएका छन् । घरबाहिर हिँड्नेले आँखा पोल्ने गरेको तथा लगातार हेर्न समस्या भएको बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ११ : ०१ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५