सञ्चालक समिति अध्यक्ष चयन गर्न साझा प्रकाशनमा निर्वाचन शुरू « Khabarhub

सञ्चालक समिति अध्यक्ष चयन गर्न साझा प्रकाशनमा निर्वाचन शुरू


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४औँ साधारणसभाअन्तर्गत सञ्चालक समिति अध्यक्षमा निर्वाचन शुरु भएको छ ।

अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु भएकामा तीन सदस्य निर्विरोध भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन लागेको हो ।

अध्यक्षमा सञ्चालक समितिका पूर्वसदस्यद्वय डा.विजय सुब्बा र डा.जीवनचन्द्र कोइरालाले उम्मेदवारी दिएका छन् । सञ्चालक सदस्यमा हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यमा उम्मेदवारी दिएका वियोगी बुढाथोकी, महेश प्रसाईँ, ज्ञानु अधिकारी र यशोदा अधिकारीले सहमतिमा उम्मेदवारी फिर्ता लिएका थिए ।

निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईका अनुसार  पुस २१ देखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचनका लागि समय निर्धारण गरिएको छ ।

कूल एक हजार ४५७ अंशियार (शेयर सदस्य) रहेको भाषा–साहित्यको सो ऐतिहासिक संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन हुन लागेको हो ।

विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्ति हुने गरेको थियो । यसैगरी लेखा सुपरीवेक्षण समितिका एक संयोजक र दुई सदस्यका लागि पनि निर्वाचन हुनेछ  ।

संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण र विषयगत मन्त्रालयबाट एकएक  सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १ : ३० बजे

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित

एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा

काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका