देशभक्त नागरिक अब एकजुट बन्ने बेला आयो : अभिनेत्री कोइराला (भिडियोसहित) « Khabarhub

देशभक्त नागरिक अब एकजुट बन्ने बेला आयो : अभिनेत्री कोइराला (भिडियोसहित)


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री मनीषा कोइरालाले देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएकी छिन् ।

२ सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सबै देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएकी हुन् ।

उनले राष्ट्रिय स्वाभिमान बचाउन पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सहभागी हुन आग्रह गरिन । उनले भनिन्, ‘सबै एकजुट भएपछि मात्रै स्वाभिमानको साथ बाँच्न सकिन्छ।’

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले भव्य रुपमा पृथ्वी जयन्ती मनाउन आग्रह गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले नेपाललाई एकतावद्ध गर्ने पृथ्वीनारायण शाहको सम्झनामा पुस २७ गतेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो ।

हेरौँ भिडियो

समितिले प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनका लागि सार्वजनिक बिदा दिन पनि माग गरेको छ । शाहको जन्मस्थान गोरखा दरबारको संरक्षण गरी संग्राहलय बनाउन, पृथ्वीनारायण शाहको तस्बिर राखी विभिन्न दरका नेपाली मुद्रा, सिक्का र नोट छाप्न पनि समिति माग गरेको छ ।

पत्रकार सम्मेलनमा बाम राजनीतिज्ञ राधाकृष्ण मैनालीले मुलुक भ्रष्टाचारमा डुवेको भन्दै यसमा खवरदारी गर्दै दिवस मनाउनुपर्ने बताए । पूर्व प्रधान सेनापति रुक्माङगद कटुवालले नेपाललाई एकतावद्ध गर्न पनि पृथ्वी जयन्ती मनाउनुपर्ने बताए ।

समितिले काठमाडौँको शान्टिबाटीकामा पुस २७ गते विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रमका लागि ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ भन्ने मुख्य नारा तय गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : ०४ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?