यमनमा हुथी विद्रोहीविरूद्धको कारबाहीमा अब अमेरिकी समर्थन नरहने बाइडेनको घोषणा « Khabarhub

यमनमा हुथी विद्रोहीविरूद्धको कारबाहीमा अब अमेरिकी समर्थन नरहने बाइडेनको घोषणा


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा अब अमेरिकी समर्थन नरहने घोषणा गरेका छन् ।

साउदी अरेबियाको नेतृत्वमा यमनमा हुथी विद्रोहीविरूद्ध भइरहेका आक्रामक कारबाहीलाई समर्थन गर्दै अमेरिकाले विक्री गर्दै आएको हतियार पनि अब रोकिने उनले बताएका छन् ।

द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै बाइडेनले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ ।

यद्यपि साउदीहरूलाई उनीहरूको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता भने जारी राख्ने बाइडेनले प्रष्ट्याएका छन् ।

छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको बताइन्छ।

सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : ४५ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा