नागरिक आन्दोलन : लैनचौरबाट शीतलनिवाससम्म मार्चपास « Khabarhub

नागरिक आन्दोलन : लैनचौरबाट शीतलनिवाससम्म मार्चपास


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौँमा मार्चपास गरेको छ ।

प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएका नियुक्तिको विरोधमा नागरिक आन्दोलनले काठमाडौँको लैनचौरबाट शीतलनिवासम्म मार्चपास गरेको हो ।

लैनचोरबाट सुरू भएको मार्चपास पानीपोखरी पुगेर कोणसभामा परिणत भयो । मार्चपासमा सहभागीलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा गरिएको थियो ।

मार्चपास गर्दै नागरिक समाजका अगुवाले राष्ट्रपति ज्यू संविधान कहाँ छ ?, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्दा मुर्दावाद, लोकतन्त्र जिन्दावादलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गरेका थिए । कोणसभामा नागरिक अगुवाले संविधान मिच्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै यसलाई नसच्चाएसम्म विरोध गर्नुपर्ने बताएका छन् ।

बृहत् नागरिक आन्दोलन संसद बिघटन विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १२ : ५० बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित