नागरिक आन्दोलन : लैनचौरबाट शीतलनिवाससम्म मार्चपास « Khabarhub

नागरिक आन्दोलन : लैनचौरबाट शीतलनिवाससम्म मार्चपास


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौँमा मार्चपास गरेको छ ।

प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएका नियुक्तिको विरोधमा नागरिक आन्दोलनले काठमाडौँको लैनचौरबाट शीतलनिवासम्म मार्चपास गरेको हो ।

लैनचोरबाट सुरू भएको मार्चपास पानीपोखरी पुगेर कोणसभामा परिणत भयो । मार्चपासमा सहभागीलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा गरिएको थियो ।

मार्चपास गर्दै नागरिक समाजका अगुवाले राष्ट्रपति ज्यू संविधान कहाँ छ ?, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्दा मुर्दावाद, लोकतन्त्र जिन्दावादलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गरेका थिए । कोणसभामा नागरिक अगुवाले संविधान मिच्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै यसलाई नसच्चाएसम्म विरोध गर्नुपर्ने बताएका छन् ।

बृहत् नागरिक आन्दोलन संसद बिघटन विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १२ : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार