नेकपाको कुन पक्ष सक्कली र कुन नक्कली भन्ने विवाद सकियो : प्रधानमन्त्री ओली « Khabarhub

नेकपाको कुन पक्ष सक्कली र कुन नक्कली भन्ने विवाद सकियो : प्रधानमन्त्री ओली


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको आधिकारिता विवाद सकिएको बताएका छन् ।

आज नारायणहिटी दरबार अगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको कुन पक्ष सक्कली र कुन नक्कली भन्ने विवाद सकिएको ठोकुवा गरे ।

उनले आफू नेतृत्वकै पार्टी सक्कली नेकपा भएको पनि बताए ।

उनले भने, ‘मूल पार्टी कुन हो ? अझै पनि कोही अलमलमा छ भने कठैबरा भन्नुपर्छ । यही हो मूल पार्टी । देशकै मूल पार्टी हो । देशकै सबैभन्दा ठुलो पार्टी । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा गर्ने पाटी हो ।’

उनले अबदेखि नेकपाको कुन पक्ष सक्कली र नक्कली भन्ने विवाद टुंगिएको बताए । ‘कुन पार्टी सक्कली, कुन पार्टी नक्कली भन्ने टुंगो लाग्यो,’ उनले भने ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षले मांशाहारी आन्दोलनका नाममा नरभक्षी आन्दोलन गर्न खोजेको आरोप लगाएका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयअघि अब शाकाहारी आन्दोलनले नहुने भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

नेपाल बन्दको नाममा बिहीबार एउटा गरिब ट्याक्सी चालकलाई जिउँदै जलाउन खोजेको उनको आरोप छ।

नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दावी छ। सभामा मानिसहरु धेरै हुँदा ठाउँ नपुगेको उनको भनाइ छ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  २ : ५० बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप