यो सभा कास्टिङ हो, आमसभा गर्नुपरे काठमाडौँका सबै सडकमा स्क्रिन र साउन्डसिस्टम राख्छौँ– प्रधानमन्त्री « Khabarhub

यो सभा कास्टिङ हो, आमसभा गर्नुपरे काठमाडौँका सबै सडकमा स्क्रिन र साउन्डसिस्टम राख्छौँ– प्रधानमन्त्री


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौँमा भएको सभा कास्टिङमात्र भएको बताएका छन् ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा गर्नुपरे काठमाडौँका सबै सडकमा स्क्रिन र साउन्डसिस्टम राखिने बताए ।

मन्तव्यको अधिकांश समय नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको विरोधमा धारणा राखेका उनले आफू नेतृत्वको नेकपा नै सक्कली भएको बताए ।

प्रधानमन्त्री ओलीले क्रान्तिकारी पार्टी हुनका लागि आफूले गरेका कामको जिम्मेवारी लिनु पर्ने पनि बताएका छन्। उनले भने, ‘बाटोबाटोमा बम राख्ने आफूले गरेको हैन भन्ने ?, आफूलेगरेको कामको जिम्मा लिन नसक्ने अनि क्रान्तिकारी हुँ भन्ने ? आफूले गरेको कामको जिम्मा लिनु नि । भ्रम फैलाउने काम धेरै भयो। अब जनताको सागर उर्लियो भने त्यो भेललाई कसैले थेक्न सक्दैन।’

सर्वहाराको पार्टी हुनका लागि गरिबको दुःख बझ्ने हुनुपर्ने बताएका छन। ओलीले बन्दका क्रममा भएको क्षेति सरकारले बेहोर्ने समेत बताए।

‘सर्वहारा जनताको पार्टी बन्न गरिबको ट्याक्सीमा आगो लगाइँदैन।’ ओलीले भने, ‘आजको कार्यक्रम विथोल्नका लागि कथित नेपाल बन्दको नाटक रचियो। गरिबको ट्याक्सीमा आगो लगाइयो। गरिबको ट्याक्सी जलाएर सर्वहाराको पार्टी भइदैन।’

ओलीले बन्दका क्रममा भएको नोक्सान सरकारले हेर्ने बताए। उनले गरिब र जनताका लागि सरकार भएकाले ढुक्क भएर बस्न पनि आग्रह गरेका छन्। ओली भने, ‘गरिवको नोक्सान भएको कुरा सरकारले हेर्छ। ट्याक्सीको क्षेतिपूर्ति गर्न लगाउँछौँ। जनतालाई हेर्ने सरकार छ। गरिवलाई हेर्ने सरकार छ। जनता ढुक्क भएर बस्नुहोला।’

उनले इतिहासकै सबैभन्दा ठूलो जनसभा काठमाडौँमा भएको दाबी गरे। उनले जनसभामा उपस्थितलाई भने ‘तपाईलाई सलाम भन्न चाहान्छु।’

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ३ : १२ बजे

घोडा चढ्ने मान्छे लड्छ, फेरि उठेर रेसमा जानुपर्छ : सांसद् खड्का

काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी