प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : ओली « Khabarhub

प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : ओली


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल-नेपाल) समूहको आमहड्तालका क्रममा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको आज नारायणहिटी क्षेत्रमा बृहत् सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  दाहाल–नेपाल समूहका कार्यकर्ताले जलाएको उक्त ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका हुन ।

‘हिजो नेपाल बन्द गरेर तर्साउन खोजियो, ट्याक्सी जलाइयो,’उनले भने,‘धन्न चालक बचे। ट्याक्सीको बिमा गरेको छ होला। क्षतिपूर्ति सरकारले दिन्छ। जनतालाई मन पराउने सरकार छ।’

नेकपाको (प्रचण्ड-नेपाल) समूहका प्रदर्शनकारीहरूले बिहीबार काठमाडौंको सामाखुसीमा प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका थिए।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : ०७ बजे

घोडा चढ्ने मान्छे लड्छ, फेरि उठेर रेसमा जानुपर्छ : सांसद् खड्का

काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी