अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध हो : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध हो : उपप्रधानमन्त्री पोखरेल


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वाग्मती प्रदेश कमिटीले काठमाडौँमा आयोजना गरेको आमसभामा उनले अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर मुलुकलाई स्थिरता दिनका लागि भएको स्पष्ट पारे ।

लामो राजनीतिक अस्थिरताबाट आक्रान्त मुलुकलाई स्थायित्व दिने र आर्थिक विकास समृद्धिबाट पछि परेको मुलुकलाई अघि बढाउने प्रधानमन्त्री ओलीको उद्देश्य रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘संविधानको रक्षा गर्दै अराजकताको अन्त्य गर्ने उद्देश्यमा अघि बढिरहँदा त्यसलाई असफल गर्ने काम भएकाले’ सोकोविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको स्पष्ट गर्नुभयो । सम्पूर्ण कुराको फैसला जनताले गर्ने भएकाले ताजा जनादेशमा जाने निर्णय गरेर अघि बढिएको उनले बताए ।

उनले भने, “जनताले जे फैसला गर्छन्, त्यो हामी शिरोधार्य गर्ने भनी निर्वाचनमा जान लागेका हौँ ।”

पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमा धक्का दिएर निकाल्ने दुष्प्रयास भएको उनको भनाइ थियो । हिजो महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई फेरि महाधिवेशन नगरी हटाउन खोजिएको बताउँदै उनले भने, “यो कुरा आमजनता र कार्यकर्ताले रुचाएका छैनन् ।”

आर्थिक विकास र समृद्धिको अभियानलाई निरन्तरता दिँदै संविधानको रक्षा तथा समृद्ध नेपाल सुखी नेपालीलाई साकार बनाउने उद्देश्यमा सरकार लागिपरेको उनले बताए ।

आमहडताल गरी नेपाल बन्द गराउने कामको विरोध गर्दै उनले काम गरेर जीविकोपार्जन गर्ने ट्याक्सी चालकको ट्याक्सी तोडफोड गरिएकामा सरकारले त्यसको क्षतिपूर्ति दिने उनले प्रतिबद्धता व्यक्त गरे ।

अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध भएको जनाउँदै उनले भने, “ यो आर्थिक वृद्धि र समृद्धिमा जान नदिनेको विरुद्धको लडाइँ हो, त्यसलाई कमजोर हुन दिइने छैन ।”

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : ५७ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक