दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत « Khabarhub

दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन ।

समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि अनेकौँ योजना ल्याएको जनाए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाको प्रतिफल ५-१० वर्षपछि समाजले अनूभूति गर्ने बताए ।

संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरुको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उनले त्यसै कारण आफूहरु हरेक ऐन कानूनमा दलित महिला मुस्लिमलगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको जानकारी गराए ।

कार्यक्रममा प्रदेशसभा सदस्य चमेलीदेवी दास, दलित अगुवा भोला पासवानलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ६ : १४ बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका