ओली समूहको सभा पञ्चर्‍याली हो : अध्यक्ष दाहाल (भिडियोसहित) « Khabarhub

ओली समूहको सभा पञ्चर्‍याली हो : अध्यक्ष दाहाल (भिडियोसहित)


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ओली समूहको भेलालाई ‘पञ्चर्‍याली’को संज्ञा दिएका छन ।

उनले भने, ‘मैले त भन्ने गरेकै छु, सामान्तहरुले आयोजना गर्ने पञ्चर्‍यालीमा देशभरीबाट लाखौं मान्छे जुटाउने गरेको देखेकै हो । ०४६ सालको आन्दोलनको ठिक्क अगाडि कता-कता पञ्चर्‍याली हुन्थेँ ?,’ उनले भने,’खालि मान्छे देखिएका छन् भन्ने मात्र होइन, सत्य कस्का पक्षमा छ । लोकतन्त्रको पक्षमा साँच्चै को छ र छैन भन्ने हो, मान्छेका टाउका कति छन् भन्ने मुख्य कुरा होइन ।’

हेरौँ भिडियो

उनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध सडकमा उत्रिएको बताएका छन् ।

उनले नेकपाभित्र देखिएको अहिलेको स्थिति पद र व्यक्तिको लडाइँ नभइ प्रतिगमनविरुद्धको लडाइँ भएको बताए ।

‘कांग्रेस, जनता समाजवादी पार्टी सबै सडकमै छन्, उनीहरु प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भनिरहेकै छन्’, उनले भने, ‘ यदि कम्युनिस्ट पार्टी भित्रको व्यक्ति र पदको लडाइँ हुन्थ्यो भने केपी गुट बाहेकका सबै किन विरोधमा हुन्थे।’

शुक्रबार ललितपुरमा नेकपा ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा प्रचण्डले ओलीले एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजेको समेत अरोप लगाए ।

उनले पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बितिकै ओलीले फुटको धम्की दिने गरेको स्मरणा गर्दै ओलीको कम्युनिस्ट विरोधी कामले नै संघर्ष शुरु भएको धारणा राखे ।

उनले पटक-पटक ओलीले संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको बताए । ओलीकै कारण उपलब्धी धरापमाा परेको र मुलुक अध्यारो सुरुङमा जाने खतरा रहेकाले आफूहरु जनतामाझ आएको उनले बताए ।

प्रचण्डले ७० प्रतिशत भन्दा बढि केन्द्रीय सदस्य आफूहरुसंग रहेकाले आफूहरु नै आधिकारिक नेकपा भएको र निर्वाचन आयोगमा पनि दावी गरिएको जानकारी दिए । उनले पार्टी आफूहरुले नभई ओलीले फुटाएको तर्क गरे ।

कार्यक्रममा अर्का अध्यक्ष माधव कुमाार नेपालले ओलीमा अहंकार र व्यक्तिवाद हावी भएको आरोप लगाए । संविधान मिच्ने काम ओलीबाटै भएको भन्दै नेपालले प्रधानमन्त्री पदमा रहन ओलीलाई नैतिकताले पनि नलिने बताए ।

कार्यक्रममा नेकपा दाहाल–नेपाल पक्षकी नेतृ पम्फा भूषालले सरकारको नेतृत्व गरिरहेका ओलीको प्रतिगमनलाई प्ररास्त गरिने बताइन।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ८ : ५१ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली