सरकारले सडकमा जुलुस निकालेर ‘डंका पिट्ने’ काम गर्‍यो : नेता खनाल « Khabarhub

सरकारले सडकमा जुलुस निकालेर ‘डंका पिट्ने’ काम गर्‍यो : नेता खनाल


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले ओली समूहको आजको र्‍यालीलाई पञ्चर्‍यालीको संज्ञा दिएका छन ।

प्रेस संगठन झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले ओली समूहको सभालाई पञ्चर्‍यालीको संज्ञा दिएका हुन ।

नेता खनालले ओलीको असंवैधानिक कदमविरुद दलहरुबीच छलफल जारी रहेको बताउँदै संयुक्त आन्दोलन हुने जानकारी दिए ।

नेता खनालले सरकारले सडकमा जुलुस निकालेर ‘डंका पिट्ने’ काम गरिरहेको आरोप समेत लगाए ।

पूर्वप्रधानमन्त्री समेत खनालले भने, ‘२०४६ सालपछि कुनै पनि सरकारले यसरी सडकमा जुलुस निकालेको इतिहास छैन, तर ओली नेतृत्वको सरकारले सडकमा जुलुस निकालेर हामी नै लोकप्रिय छौँ, लोकतान्त्रिक छौँ र संवैधानिक छौ भन्दै डंका पिटिरहेको हेर्दा आश्चर्य लागेर आउँछ।’

उनले लोकतन्त्र र संविधानका पक्षधर, सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण नागरिक समाज एकताबद्ध भएर संविधानको रक्षा र प्रतिगमनविरुद्ध एकजुट हुन उनले आह्वानसमेत गरेका छन्।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ६ : ३९ बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका