सरकारका असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न काँग्रेसको अपिल « Khabarhub

सरकारका असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न काँग्रेसको अपिल


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध सबै दलहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको असंवैधानिक कदमका विरुद्ध बन्द लगायतका जनतालाई दुःख दिने काम नगर्न आग्रह गरेका हुन ।

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई दुख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं । नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली काँग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं ।’

संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउँदा जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न शर्माले आग्रह गरेका छन ।

यस्तै काँग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी, नियुक्ति र शपथ ग्रहणमा सरकारले संविधानविपरीतको कर्म गरेको बताएको छ ।

‘संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरु देखिनै कुल्चिँदै आएको विषयमा संस्थागत निर्णयका साथ नेपाली काँग्रेस प्रस्ट रुपले विरुद्धमा उभिएको छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथ ग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्मविपरीतको कर्म गर्ने सर्वसत्तावादउन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

काँग्रेसले शनिबार शुभेच्छुक संस्थाहरूको प्रदर्शन गर्ने र फागुन ३ गते ७७ जिल्लामै नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ प्रदर्शन गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ६ : ५७ बजे

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा