तनहुँमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु « Khabarhub

तनहुँमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

व्यास नगरपालिका–६ र व्यास नगरपालिका–१२ मा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । व्यास नगरपालिका–६ बाकुरेखोलास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।

साँजाबाट शेखाटारतर्फ आउँदै गरेको ग १ त ३०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सो ट्याक्टरमा सवार बालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने नौ वर्षीय सरोज थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अनियन्त्रित ट्याक्टरको ढालाले च्यापिएर बालकको मृत्यु भएको हो ।

सडकबाट अन्दाजी ३०० मिटर तल पल्टिदा बालकका आमा २७ वर्षीय सरस्वती थापा र ट्याक्टर चालक ४० वर्षीय बुद्धि श्रेष्ठ घाइते भएका छन् । घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय गोविन्द मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते मगरको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।

मोटरसाइकलमा सवार एक महिला र बच्चाको अवस्था भने सामान्य छ । सिमसिम पानी परेका कारण मोटरसाइकल चिप्लिएर लडेको प्रहरीको भनाइ छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल लडेपछि बा ४ ख ८९१६ नम्बरको बसमा ठोक्किएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : १३ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक