स्क्रिन एक्टर्स गिल्डबाट अलग्गिए ट्रम्प « Khabarhub

स्क्रिन एक्टर्स गिल्डबाट अलग्गिए ट्रम्प


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क(एजेन्सी)- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको स्क्रिन एक्टर्स गिल्डबाट अलग्गिने घोषणा गरेका छन् ।

गत जनवरी ६ मा अमेरिकी राजधानी वासिङटन डिसीमा भएको हुलदंगाको प्रमुख दोषी ट्रम्प मानिएको भन्दै उनीमाथि कारबाही हुनुपर्ने गिल्डको बैठकले निर्णय गरेको थियो ।

उनले गिल्डका नाममा एक पत्र लेख्दै आफ्ना लागि गिल्डले केही गर्न नसकेको उल्लेख गरेका छन् । पत्रमा उनले ‘कसलाई परवाह छ’ भनी लेखेका छन् । पत्र प्राप्त पछि गिल्डले ‘धन्यवाद’ भन्दै जवाफ फर्काएको छ ।

ट्रम्पले हलिउडका धेरै फिल्ममा अभिनय गरेका छन् । जसमा ‘होम एलोन २’ र ‘जुलेन्डर’ प्रमुख छन् । उनले अमेरिकी भर्सनको टेलिभिजन शो ‘दी अपरेन्टिस’को पनि होस्ट गरेका छन् ।

गत महिना स्क्रिन एक्टर्स गिल्ड–अमेरिकन फेडरेसन अफ टेलिभिजन एण्ड रेडियो आर्टिष्ट(साग–अफ्ट्रा)ले आफ्नो अनुशासन समितिले ट्रम्पलाई कारवाही गर्नुपर्ने भन्दै सिफारिस गरेको जनाएको थियो । गत जनवरी ६ मा वासिङटन डिसीमा भएको ट्रम्प समर्थकको हुलदंगामा पाँचको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

‘डोनाल्ड ट्रम्पले यो यूनियनले पवित्र मानेको प्रजातन्त्र, सत्यता, सबै जाति र विश्वासका हाम्रा अमेरिकीहरुको सम्मानसँगै स्वतन्त्र प्रेसमा आक्रमण गरेका छन्’, साग–अफ्ट्राका अध्यक्ष गेब्रिली कार्टेरिसले भनेकी छन्, ‘उनका अनुयायीहरुले पत्रकारमाथि गरेको आक्रमण सत्यप्रति वेवास्ता गर्ने एउटा सिधा रेखाका रुपमा हामीले बुझेका छौं ।’

यो संस्थामा अमेरिकामा रहेका १ लाख ६० हजार अभिनेता, पत्रकार तथा अन्य सञ्चार व्यवसायी आबद्ध छन् । ट्रम्प संस्थामा ३० वर्षदेखि सदस्यका रुपमा रहेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : २७ बजे

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध