नेपाली कम्युनिस्टलाई ‘फागुन २१’ को संयोग « Khabarhub

नेपाली कम्युनिस्टलाई ‘फागुन २१’ को संयोग


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा— नेपाली कम्युनिस्टहरूका लागि ‘फागुन २१’ एउटा विशिष्ट दिन हो । खास गरी सशस्त्र संघर्षको जगमा उभिएका कम्युनिस्टहरूले आफ्नो विद्रोहप्रति गर्व गर्ने दिन हो फागुन २१ ।

त्यो ऐतहासिक फागुन २१ यस वर्ष नयाँ रङ मिसिएर आउने भएको छ । एक दशक लामो सशस्त्र संघर्षबाट पनि धित नमरेपछि फेरि त्यही बाटो समाएका विप्लव र करिब पाँच दशकअघि सशस्त्र संघर्षबाट धित मेटिसकेका केपी शर्मा ओलीको ‘फ्युजन’ हुने भएको छ, यही फागुन २१ मा ।

दुई वर्षअघिको फागनु २१

दुई वर्षअघि, २०७५ सालको फागुन २१ मा ओली र सशस्त्र संघर्षबाट आएका नेता पुष्पकमल दाहाल प्रचण्डले सुखानीमा एउटै मन्चबाट नेपाली कम्युनिस्ट आन्दोलन अघि बढाएर सफलताको शिखरमा पुर्‍याउँछौँ भनेका थिए ।

यस वर्ष फागुन २१ मा ओलीले झापामा तय भएको कार्यक्रम रद्द गरेर काठमाडौँमा विद्रोही विप्लवसँग मन्च शेयर गर्ने भएका छन् । दुई वर्षअघि प्रतिबन्ध लगाएको विप्लवको घुम्टो उनै ओलीले उघार्ने भएका छन् ।

प्रचण्ड र विप्लव छनौटको संयोग

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओली र प्रचण्ड दुवै जना फागुन २१ मा झापा विद्रोहका क्रममा पाँच जनाले सहादत प्राप्त गरेको झापा र इलामको सङ्गम सुखानी पुगेर कम्युनिस्ट आन्दोलनको महिमागान गरेका थिए । दुवै नेताले एकसाथ यात्रा गर्ने कसम खाएका थिए । उनीहरूले भनेको यात्रा दुई वर्षमै अन्त्य भएको छ ।

विप्लवका गतिविधिमा प्रतिबन्ध लगाउन सघाउने प्रचण्ड अहिले ओलीसँग छैनन् । अब ओलीलाई सघाउन विप्लव आउने भएका छन् । प्रचण्डको अढेस लागेर दुई वर्ष विप्लवमाथि प्रहार गरेका ओलीका दिन फेरिएका छन् । अब विप्लवको अढेस लागेर प्रचण्डमाथि प्रहार हुने सम्भावना बढेको छ ।

फागुन २१ को विशेषता

फागुन २१ नेपालमा पहिलो पटक कम्युनिस्ट सशस्त्र विद्रोहको शिलान्यास भएको दिन हो । त्यो फागुन २१ हो २०२९ सालको । झापा विद्रोहमा लागेकै कारण झापा र इलामको सङ्गम सुखानी जङ्गलमा तत्कालीन विद्रोहका ५ नेताहरूलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको थियो ।

झापा कारागारबाट इलाम सार्ने बहानामा २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ प्रहरीद्वारा मारिएका थिए । उनीहरूको सहादत स्थल सुखानी नेपाली नेकपा माले र नेकपा एमाले पृष्ठभूमिका कम्युनिस्टहरूको श्रद्धास्थलका रूपमा रहेको छ ।

झापा विद्रोहको जगमा उभिएका कम्युनिस्ट नेताहरूले ४८ वर्ष अघिको ‘फागुन २१’ लाई विशेष रूपमा स्मरण गर्ने गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : ३० बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले