बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त « Khabarhub

बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त भएका छन् ।

नेपाल पर्यटन बोर्डले उनलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । बोर्डका अध्यक्ष डा धनञ्जय रेग्मीले सफल कार्यकालको बधाई दिँदै श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याउने आशा व्यक्त गरेका छन् ।

लामो समयसम्म रिक्त रहेको बेलायतको पर्यटन दूतमा नियुक्त भएपछि श्रेष्ठले बेलायतबाट पर्यटकहरू नेपाल पठाउन सहयोग गर्ने र नेपाललाई थप चिनाउन लागी पर्ने बताए । उनले बेलायतमा रहेको नेपाली दूतावास र लण्डनबाट नेपालमा भ्रमण गर्ने/गराउने अन्य सङ्घसंस्थासँग समन्यवसमेत बताए ।

लण्डनको दक्षिणी भेगमा रहेको ईलिङमा मन्टिज रेष्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठ बेलायतको एनआरएनका संस्थापक अध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : ५९ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा