‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड’को फारम खुला | Khabarhub Khabarhub

‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड’को फारम खुला


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली गीत, संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२१’ हुने भएको छ । यो अवार्डलाई स्टार वान इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो ।

अवार्डको मनोनयन चैतको अन्तिम सातामा सार्वजनिक गरेर वैशाखको पहिलो साता यो अवार्ड प्रदान गरिनेछ । जसका लागि १५ चैतसम्म फारम भरिसक्नु पर्ने आयोजक पक्षले जनाएको छ ।

अवार्डमा सहभागी हुने गीत, संगीत तथा फेसन कार्यक्रम गत १६ फेब्रुअरी २०१९ देखि १५ फेब्रुअरी २०२१ सम्म सम्पन्न तथा रिलिज भएको हुनुपर्नेको शर्त छ ।

गएको एक वर्ष कोभिड १९ का कारण सन २०२० मा यो अवार्ड आयोजना गर्न नसकिएकाले पनि सो वर्षको अवार्डलाई गाभेर ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२१’ गर्न लागिएको कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले बताएका छन् ।

अवार्डमा संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई आजीवन योगदान सम्मान प्रदान गरिनेछ । यस्तै एकजना कला पत्रकारलाई पुरस्कारका साथै अन्य कला पत्रकारलाई सम्मान पनि गरिनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : २० बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा