हलमा एक्लै ‘गोर्खे’ « Khabarhub

हलमा एक्लै ‘गोर्खे’


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म प्राविधिकहरुले निर्माण गरेको फिल्म ‘गोर्खे’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको डेढ महिनापछि यो फिल्म रिलिज भएको हो ।

किम्मत गौतमको निर्देशन रहेको फिल्मले गोर्खाली सैनिकहरुको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरङ, एन्जल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा हरि लामा प्रस्तुतकर्ता छन् भने तीर्थराम कोजु र हरि थापाको लगानी छ ।

निर्देशक गौतमका अनुसार गोर्खाली सैनिक बन्नका लागि संघर्ष गरिरहेका ५ जना युवाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको एक्सन, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : ०० बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश