सरकारसँगको सहमति ‘सेफ ल्यान्डिङ’ हो : प्रधानमन्त्री (भिडियोसहित) « Khabarhub

सरकारसँगको सहमति ‘सेफ ल्यान्डिङ’ हो : प्रधानमन्त्री (भिडियोसहित)


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।

सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब कुनै हिंसात्मक गतिविधिमा संलग्न शक्ति नभएको दावी गरे ।

विप्लव समूह राजनीतिक मुलुधारमा आउनु फोर्स ल्यान्डिङ, क्र्यास ल्यान्डिङ नभइ सेफ ल्यान्डिङ भएको प्रधानमन्त्री ओलीले बताए ।

उनले भने, ‘यो फोर्स ल्यान्डिङ होइन, क्रास ल्यान्डिङ पनि होइन । यो सेफ ल्यान्डिङ हो ।’

प्रधानमन्त्री ओलीले रातारात नभइ लामो समयदेखिको वार्ताको परिणाम स्वरुप विप्लव समूहसँग अहिले सहमति हुन सफल भएको बताए ।

‘यो रातारात भएको सहमति होइन, यसका लागि विगत एक वर्षभन्दा बढी समयदेखि हामी गम्भीर वार्तामा बस्दै आएका थियौँ ।’ उनले भने ।

हेरौँ भिडियो

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ३ : ५४ बजे

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु