पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमित थपिए, ८३ डिस्चार्ज « Khabarhub

पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमित थपिए, ८३ डिस्चार्ज


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितसँगै नेपाल हाल कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये हाल ८ सय ३२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ६ हजार १ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा २१ लाख ८५ हजार १ सय ९० जनाको पीसीआर परीक्षण भएको छ ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल ५८ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : १५ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत