यही सरकारले जनताका अधुरो सपना पूरा गर्छ : मन्त्री गुरुङ « Khabarhub

यही सरकारले जनताका अधुरो सपना पूरा गर्छ : मन्त्री गुरुङ


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै जनताका अधुरो सपना पूरा गर्ने बताएका छन् ।

दोलखाली दिदीबहिनी समूह (द्वाल्खा मिसामचा खलः) ले आयोजना गरेको कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले यही सरकार नै देशको आर्थिक उन्नति र विकास गर्न सक्षम भएको बताएका हुन् ।

सरकारका प्रवक्ता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सहमति सकारात्मक रहेको भन्दै देशमा अब शान्ति कायम भएको बताए ।

सो संस्थाका अध्यक्ष कलावती श्रेष्ठले विश्वभरी फैलिएको कोरोना महामारीको समयमा आफ्नो संस्थाले १३३ परिवारलाई खाद्य सामग्री सहयोग गरेको र आगामी दिनमा पनि यस्तै सहयोगी कामलाई निरन्तरता दिने बताइन् ।

चौध वर्षअघि स्थापना भएको सो संस्थाले विभिन्न कारण पीडामा परेकालाई सहयोग र साथ दिँदै आएको छ । हालसम्म संस्थाले एक सयभन्दा बढी पीडामा परेकालाई उद्धार गरी सम्बन्धित संस्थामा बुझाएको र हाल तीन जना ज्येष्ठ नागरिकलाई संस्थाले संरक्षण गरिरहेको छ ।

कार्यक्रममा दोलखामा जन्मिएर विभिन्न स्थानमा कर्मथलो बनाएका करिब दुई दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो । संस्थाको वसुन्धरास्थित कार्यालयको उद्घाटन भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : १९ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण