दोस्रो एक दिवसीयमा पाकिस्तान पराजित « Khabarhub

दोस्रो एक दिवसीयमा पाकिस्तान पराजित


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  दक्षिण अफ्रिकाविरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तान पराजित भएको छ ।

ओपनर फखर जमानको सर्वोत्कृष्ट शतकका बाबजुद पाकिस्तान दोस्रो एक दिवसियमा अफ्रिकासँग १७ रनले पराजित भएको हो । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरीमा पुगेको छ ।

जितका लागि ३ सय ४२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २४ रन मात्र बनायो ।

पाकिस्तानका ओपनर फखर जमान १ सय ९३ रनको शतकीय खेल खेले पनि टोलिलाई जिताउन सकेनन् । जमान बाहेक पाकिस्तानका अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले ३ विकेट लिदा एन्डिले फहलुकवयोले २ विकेट लिए । यस्तै कागिसो रबाडा, लुन्गी एनगिडी र तबरेज शाम्शीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४१ रन बनाएको थियो ।

दक्षिण अफ्रिका कप्तान टेम्वा बभुमाले सर्वाधिक ९२ रनको योगदान दिए । ओपनर तथा विकेटकिपर क्विन्टन डी ककले ८० रन बनाउँदा मध्यक्रममा रास्सी भान डर डुसेनले ६० रन बनाए ।  डेविड ५० रनमा अविजित रहे ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ५० बजे

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध