साताका दोस्रो दिन नेप्से एक अंकले बढ्यो « Khabarhub

साताका दोस्रो दिन नेप्से एक अंकले बढ्यो


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो सोमबार सेयर बजार नेप्से परिसूचक १.१३ अंकले बढेको छ ।

० दशमलव ०४ प्रतिशतले बढेर नेप्से २६५८.७४ बिन्दुमा पुगेको हो । सामान्य वृद्धि भए पनि नेप्से अहिलेसम्‍मकै उच्‍चतम् बिन्दुमा पुगेको हो ।

सुरुवाती कारोबारमा नेप्से २६८० बिन्दुको उचाइमा पुगेको थियो । तर, क्रमश: नेप्से ओरालो लाग्यो । ओरालो लाग्‍ने क्रममा नेप्से २६४० बिन्दुसम्म पुगेको थियो । १२ बजेपछि बजार इन्डेक्स फेरि बढ्न थाल्यो । केही समयको वृद्धिपछि प्राय नेप्से स्थिर बिन्दुमा कायम रह्यो ।

बैंकिङ समूहमा ११ दशमलव ७९ अंकले घटेको छ । एनआइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । ९६ रुपैयाँले बढेको यो लघुवित्तको सेयर मूल्य प्रति कित्ता एक हजार ५७ रुपैयाँ रुपैयाँ छ ।

राधी जलविद्युतको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर ४८५ रुपैयाँ पुगेको छ । वोमी लघुवित्त र सानिमा जनरल इनस्योरेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी अंकले बढेको छ । अपर तामाकोशीको सेयर मूल्य ३४ करोड ७५ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । आइएमइ जनरल इन्स्योरेन्सको सेयर मूल्य ३१ करोड ३४ लाख रुपैयाँ कारोबार पुगेको छ ।

कुल सेयर कारोबार ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ छ । ७३ हजार ५९८ पटकको कारोबारमा एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ४ : ५० बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म