२६६ कोरोना संक्रमित थपिए, काठमाडौँ उपत्यकामा मात्रै १३७ जना « Khabarhub

२६६ कोरोना संक्रमित थपिए, काठमाडौँ उपत्यकामा मात्रै १३७ जना


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। यसैगरी पछिल्लो २४ घन्टामा १०२ जना संक्रमित डिस्चार्ज भएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ३४२ पुगेको छ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लापछि सबैभन्दा धेरै कास्कीमा २४ जना संक्रमित भेटिएका थिए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : ०२ बजे

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल