रुपा र रजनी ‘मिस एण्ड मिसेज डिसेबिलिटी क्वीन’ « Khabarhub

रुपा र रजनी ‘मिस एण्ड मिसेज डिसेबिलिटी क्वीन’


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रुपा पहाडी र रजनी राईले ‘मिस एण्ड मिसेज डिसेबिलिटी क्वीन २०२१’को शीर्ष उपाधि जितेका छन् । रुपाले ‘मिसेस’ र रजनीले ‘मिस’ तर्फको उपाधि हात पारेका हुन् ।

सानेपास्थित हेरिटेज गार्डेनमा भएको प्रतियोगितामा डीना खत्री ‘फष्ट रनर अप’ र सरिता कोइराला ‘सेकेन्ड रनर अप’ चुनिए । विजेता चारजनाले क्रमशः १५, १५, १० र ५ हजार नगदसहित विभिन्न उपहारसमेत पोल्टामा पारे ।

ग्रीन आर्ट मिडियाले अपांगता भएको व्यक्तिहरुको क्षमता र उनीहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र समाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले नेपालमै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरेको हो ।

सांस्कृतिक समाज नेपालको सहकार्यमा आयोजना भएको प्रतियोगितामा रुपा पहाडी ‘बेस्ट स्माइल’, मिरा तामाङ ‘बेस्ट डिसिप्लेन’, संगीता मागी ‘मस्ट ट्यालेन्टेड’, टिना महर्जन ‘मस्ट फोटोजेनिक’, मिना शर्मा ‘मस्ट अमाजिनो’, निर्मला भण्डारी ‘बेस्ट पर्सनालिटी’, अनु राई ‘मस्ट हम्बल’, सरिता कोइराला ‘मस्ट फ्रेन्डली’, गंगा छन्त्याल ‘मस्ट ग्ल्यामर’, तुलसा थापा मगर ‘मस्ट कन्फिडेन्ट’, रजनी राई ‘बेस्ट स्क्रिन’ र अस्मी दुलाल ‘मष्ट ब्युटिफुल’ बने ।

प्रतियोगितामा पुर्व ‘मिस नेपाल’ इभाना मानन्धर, व्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोरभक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपाल (सिएमपीडी नेपाल)का सभापति सरिता थुलुङ निर्णायक थिए ।

रवीन्द्रप्रताप शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांस्कृतिक समाज नेपाल(सीएमपीडी नेपाल)लाई ५० हजार रुपैंयाँ प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ०० बजे

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर