कुमारी बैंक र कैलाली हस्पिटलबीच सम्झौता « Khabarhub

कुमारी बैंक र कैलाली हस्पिटलबीच सम्झौता


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेड र धनगढीस्थित कैलाली हस्पिटल प्राइभेट लिमिटेड बीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले सो सम्झौता भएको बैंकले जनाएको छ ।

कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक खनाल र कैलाली हस्पिटल प्राइभेट लिमिटेडका जनक राज जोशीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता–पत्र अनुसार कैलाली हस्पिटल प्राइभेट लिमिटेडमा ओ. पि. डि., बेड चार्जेज, एक्स– रे, एन्डोस्कोपी लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा सेवाग्राहीले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ४ : ४६ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोल‍े स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु– सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम

रहिनन् भारतीय गायिका आशा भोसले

मुम्बई- गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।