झापाको निषेधाज्ञामा थप कडाइ, यातायात पूर्णबन्द | Khabarhub Khabarhub

झापाको निषेधाज्ञामा थप कडाइ, यातायात पूर्णबन्द



बैशाख- कोरोनाको संक्रमण दर नरोकिए पछि झापामा जारी निषेधाज्ञा थप कडा पारिएको छ ।

यसअघि गएको १७ गते जिल्ला प्रशासन कार्यालयले झापामा आंशिक निषेधाज्ञा घोषणा गरेको थियो । १९ गते मध्य रातिदेखि २६ गते मध्यरातिसम्म लागु हुने गरि घोषणा गरिएको निषेधाज्ञामा सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गरिएको थियो ।

बजार पसल बिहान ११ बजे सम्म खुल्ला गर्न दिइएको थियो । तर फेरि जारी गरिएको निषेधाज्ञामा भने यो भन्दा कडाइ गरिएको छ ।

के के मा कडाइ

२२ गते मध्यरातदेखि ३१ गते मध्यरातसम्म लागु हुने गरि घोषणा गरिएको दोश्रो पटकको निषेधाज्ञामा अत्यावश्यक बस्तुका पसलहरु १० बजे सम्म मात्र खुल्ला गर्न पाइने छ ।

यस्तै होटल, रेष्टुरेन्ट तथा चिया पसल समेत पूर्ण रुपमा बन्द गर्न आदेश गरिएको छ भने अनलाईन अर्डर र होमडेलिभरीका लागि खाद्यबस्तु भने लिएर जान पाइने भनिएको छ ।

यसअघि गतेका आधारमा जोर–बिजोर प्रणाली लागु गरि यातायात सञ्चालन गर्न दिइएकोमा दोश्रो पटकको निषेधाज्ञा अवधी भरि भने कुनै पनि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन नपाउने आदेशमा उल्लेख छ ।

अत्यावश्यकीय सेवाका सवारी साधन भने निषेधाज्ञा अवधिमा पनि चल्ने छन् । यस्तै वैवाहिक कार्यक्रममा बढीमा २५ जना भेला हुन, बढीमा १० जना जन्ती जान र बढीमा २ ओटा सवारी साधन मात्र प्रयोग गर्न भनिएको छ ।

१३६ को मृत्यु

झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३६ पुगेको छ । पछिल्लो पटक मंगलबार शिवसताक्षी ८ का ७० वर्षिय वृद्धको मृत्यु भएको हो ।

उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

५ हजार ४ सय २२ जना संक्रमित भएको झापामा ४ हजार ५ सय ४५ संक्रमणमुक्त भएका छन् भने ७ सय १४ जना सक्रिय संक्रमित छन् ।

मंगलबार एकै दिन झापामा १ सय ६८ जना संक्रमित थपिए । ती मध्ये १६२ पीसीआर परीक्षणबाट ६ जना एन्टिजेन परीक्षणबाट पुष्टि भएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ११ : ३५ बजे

नेपालमा हालसम्म ४ जनामा एमपक्स पुष्टि 

काठमाडौं– नेपालमा २०८० पुष १ गते पहिलो पटक पुष्टि भएको

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्ने

काठमाडौं– सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई प्रभावकारी बनाइनुपर्नेमा

ओलीले भने- एमालेबिनाको देश सम्भव छैन, माकुराको जालोमा भैँसी कहिल्यै पर्दैन

झापा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको

झापाबाट प्रधानमन्त्रीको घोषणा- ओलीबिनाको एमाले देख्ने चहाना पूरा हुँदैन

झापा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकता

पछिल्लो साता ६४ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या १ हजार ९ सय नाघ्यो

काठमाडौं– पछिल्लो एक सातामा देशभर ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि