किनारा खोज्न सांसद झाँक्रीले प्रधानमन्त्रीलाई दिइन चेतावनी « Khabarhub

किनारा खोज्न सांसद झाँक्रीले प्रधानमन्त्रीलाई दिइन चेतावनी


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको नेपाल–खनाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु समाप्त हुने अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि समाप्त पार्ने चेतावनी दिएकी छन् ।

प्रधानमन्त्री विश्वासको मत लिनुअघि पार्टीभित्र विभिन्न दाउपेच चलिरहेका बेला झाँक्रीको चेतावनी आएको हो । सामाजिक सञ्जालमार्फ झाँक्रीले आफूहरु निश्चित रुपमा डुब्ने र सत्यानाश हुने भन्दै प्रधानमन्त्री ओलीलाई पनि लिएर डुब्ने चेतावनी दिएकी हुन् ।

झाँक्रीले सत्यानास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न नामै नलिई प्रधानमन्त्रीलाई सुझाव दिएकी छन् । उनले भनेकी छन्, ‘विचार गर, दम्भ, अहंकार र जिद्दी छोड।’

प्रधानमन्त्री ओलीले २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिन लागिरहेका बेला नेपाल–खनाल पक्षका सांसदले त्यसअघि नै राजीनामा दिने गरी छलफल गरिरहेको छ ।

https://www.facebook.com/jhakri.rk/posts/10158194872520814

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : ५८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब