कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउन पहल गरिने « Khabarhub

कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि साधनस्रोत उपलब्ध गराउन पहल गरिने


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण उत्पन्न अवस्था तथा त्यहाँका नागरिकका लागि तत्काल आवश्यक पर्ने साधनस्रोतका बारेमा वनमन्त्री आलेले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज टेलिफोन गरी जानकारी लिए ।

सो अवसरमा मुख्यमन्त्री शाहीले दैनिक एक हजार सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट, एण्टिजेन किट तथा आइसोलेशन निर्माणका लागि केन्द्र सरकारबाट पनि तत्काल थप पहल गर्न आग्रह गरेको मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।

वनमन्त्री आलेले आजै टेलिफोन गरेपछि कर्णाली प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आआफ्ना जिल्लामा चिकित्सक, अक्सिजन र कोरोना परीक्षणका लागि एण्टिजेन किट नभएको गुनासो गरेका थिए ।

उनीहरुले कतिपय जिल्ला यातायातका साधनबाट समेत टाढा भएकाले बिरामी जिल्ला बाहिर लैजान हेलिक्टरको व्यवस्था हुनुपर्ने माग पनि गरेका थिए ।

नेकपा(एमाले) ले सातै प्रदेशका लागि कोभिड फोकल पर्सन तोक्ने क्रममा वनमन्त्री आलेलाई कर्णालीको जिम्मेवारी दिएको छ ।

 

जिम्मेवारी तोकिएपछि मन्त्री आलेले उक्त प्रदेशमा कोरोनाका कारण भइरहेका समस्या तथा आवश्यक पर्ने साधनस्रोतका बारेमा दैनिकजसो जानकारी लिएका छन् ।

यसैगरी मन्त्री आलेले कर्णाली प्रदेशका कुनै पनि जिल्लामा समस्या आइपरे तत्काल आफूलाई फोन गर्न सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ४ : २५ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै