भोकलाई रोकेन रोगले ! (फोटोफिचर) « Khabarhub

भोकलाई रोकेन रोगले ! (फोटोफिचर)



काठमाडौँ– काठमाडौँको वसन्तपुर क्षेत्रमा दिउँसो ३ बजेदेखि मानिसहरु भेला हुन थाल्छन् । मानिसहरुको संख्या बढ्दै ४ बजेसम्म २-३ सयभन्दा बढी हुन्छ ।

निषेधाज्ञाको समयमा बिहान–बेलुका छाक टार्न समस्यामा परेकाहरु ४ बजे स्वयमंसेवकहरुले वितरण गर्ने खाना खानकै लागि  त्यहाँ जम्मा हुने गर्छन् ।

जब घडीमा ४ बज्छ । ‘बन्दी सहायता नेपाल’ की इन्दिरा राणा ट्याक्सीमा खाना र पानी लिएर आइपुग्छिन् । त्यसपछि उनीहरु खाना पाउने खुसीमा जुरुक्क उठ्छन् र लाग्न थाल्छन लाइनमा ।

न भौतिक दूरी कायम छ । न त सबैले मास्क नै लगाएका हुन्छन् । लाइनमा बालबालिकादेखि वृद्धवृद्धासम्म उभिन्छन् ।

नयाँ भेरियन्टसहितको कोरोना माहामारीका कारण काठमाडौंमा अहिले निषेधाज्ञा जारी छ । सर्वसाधरणलाई घरबाट बाहिर नआउन सरकारले पटकपटक अनुरोध गरिरहेको छ ।

त्यसो त कोरोना भाइरस संक्रमणको त्रास उनीहरुमा नभएको भने होइन । ‘भोको पेटले सताएपछि भाइरसको डर हराउने रहेछ’ भीडमा उभिएकी एक महिलाले भनिन् ।

विशेषगरी दिनभरी भारी बोक्ने मजदुर हातमा नाम्लो बोकरै लाइनमा बसिरहेका थिए ।

त्यहाँ ४ बजे विभिन्न समूहले खाना खुवाउन शुरु गर्ने हुँदा उनीहरु दिउँसो १/२ बजेबाट बसन्तपुर आसपास आएर बस्न थालेका हुन्छन् ।
निषेधाज्ञा सुरुभएसँगै भारी बोक्ने काम नपाएको र बिहान बेलुका खाना खानकै लागि वसन्तपुर पुगेको ललितपुरका इशान तामाङले बताए ।

‘पहिले त काम पाइन्थ्यो, बिहान बेलुका खाना पुग्थ्यो अहिले त काम नै छैन त्यसैले यहाँ खाना खुवाउँछ भन्ने सुनेर आएको’, उनले भने ।

लाइनमा बसेर हातमा खानाको प्याकिङ पाइसकेकाहरु खुसी देखिन्थे भने नपाएकाहरु आतुर… ।

कोही घर परिवारका लागि प्लाष्टिकको झोलामा खाना र पानी प्याकिङ गरेरै समेत जाने गरेका छन् ।

‘बन्दी सहायत नेपाल’ र ‘सामूहिक सशक्तीकरण’ नामक गैरसरकारी संस्थाले सुरुमा स्यानिटाइजर, मास्क बाँड्दै खानासँगै पानी वितरण गर्ने गरेको छ ।

संस्थाले बुधबार मात्र २ सय बढीलाई खाना खुवाएको जानकारी दियो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : १३ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय