अग्रपंक्तिमा खटिने जनशक्तिलाई 'प्रोत्साहन प्याकेज' घोषणा गर्न नेता थापाको आग्रह | Khabarhub Khabarhub

अग्रपंक्तिमा खटिने जनशक्तिलाई ‘प्रोत्साहन प्याकेज’ घोषणा गर्न नेता थापाको आग्रह


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीमा दिनरात नभनी खटिने जनशक्तिलाई प्रोत्साहन प्याकेज घोषणा गर्न आग्रह गरेका छन् ।

स्वास्थ्य जनशक्ति अभाव देखिएको भन्दै सुरक्षा र प्रोत्साहनको प्याकेज बनाउन उनले सरकारलाई आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शय्या मात्रै होइन, जनशक्ति सवैभन्दा महत्वपूर्ण पक्ष हो, धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन, यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार छन् ’,थापाले फेसबुकमा लेखेका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्

स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शैया मात्रै होइन, जनशक्ति सवैभन्दा महत्वपूर्ण पक्ष हो। धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन। यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार छन, गरिरहेका छन। त्यसका लागि तत्काल देहाय बमोजिमको व्यवस्था गर्न म सरकारसंग विनम्र आग्रह गर्दछु।
१). अत्यन्त अफ्ठ्यारोमा पनि दिनरात नभनि स्वास्थ्यकर्मीहरू २४सै खटिरहेका छन। अहिले अग्रभागमा लडिरहेका जनशक्तिलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलव्ध गराउने कुरामा कुनै कन्जुस्याई नगरौं। निजी स्वास्थ्य संथामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौं।
२). थप जनशक्तिका सन्दर्भमा अहिले करार वा दैनिक ज्यालादारी काम गर्न आउनुहोस भनेर मन्त्रालय र अन्तर्गतका निकायले सुचना निकालेर मात्र हुँदैन। सुरक्षा र प्रोत्साहनको प्याकेज बनाऔं र आव्ह्वान गरौं।
यसका लागि;
(क) हाल झण्डै ५ हजार योग्य चिकित्सक PG को तयारी गरिरहेका छन। परीक्षा कहिले हुन्छ भन्ने ठेगान नहुँदा उनीहरू अलमलमा छन। परीक्षाको तालिका केही महिना पछि सारेर परीक्षाको तयारीका लागि पछि निश्चित समय दिने हो भने त्यो जनशक्तिलाई कोरोना महामारी रोकथाममा परिचालन गर्न सकिन्छ। यसरी जोखिममा काम गर्नेलाई PG मा कार्य अनुभवको थप अंक पाउने गरी नियममा विशेष व्यवस्था गरौं।
(ख) एकातर्फ लामो समयदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरवन्दी पुनरावलोकन हुन सकेको छैन। अर्कोतर्फ सरकारी सेवामा आकर्षण घट्दै गएको छ। यस अवस्थामा सरकारी दरवन्दीको पुनरावलोकन गर्ने, सेवा सुविधा र प्रोत्साहनको प्याकेज बनाउने साथै सरकारी सेवामा प्रवेश गर्न चाहाने चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा अहिले महामारी र जोखिममा काम गरेमा विशेष ग्राह्यता दिने संयन्त्र र कानूनी व्यवस्था गरौं।
(ग) हाम्रो स्वास्थ्य प्रणालीमा लामो समय काम गरेर निवृत्व भइ वसेका, अध्ययन सकेर रोजगारीको पर्खाइमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको योग्यता र अनुभवलाई संकटमा परिचालन गर्न प्याकेज वनाऔं। त्यस्ता जनशक्तिलाई राष्ट्रिय पुलमा समावेश गरी अभाव भएको स्थानमा सही तरिकाले परिचालन गरौं।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ०१ बजे

दैनिक उपभोग्य वस्तुको अभाव छैन : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही

दीपेन्द्र ऐरीको छलाङ : अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए

काठमाडौं- नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम

रात्रिकालीन विमानस्थलबाट दशैंभर बिहान साढे ४ बजेबाटै उडान हुने

काठमाडौं- बाढीपहिरोका कारण सडक यातायात अस्तव्यस्त हुँदा अहिले हवाइ यातायातमा

शेयर बजारमा २६ अंकको गिरावट, कारोबार ६ अर्ब ७७ करोड बढी 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मंगलबार

काठमाडौंमा मनाइयो विश्व अहिंसा तथा गान्धी दिवस

काठमाडौं- आज अक्टोबर २ विश्व अहिंसा दिवस तथा १५५ औँ