गंगामायाले १३७औं दिनमा तोडिन् आमरण अनशन « Khabarhub

गंगामायाले १३७औं दिनमा तोडिन् आमरण अनशन


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै १३७ दिनदेखि आमरण अनशनरत गंगामाया अधिकारीले बुधबार अनशन तोडेकी छिन्।

कोभिड–१९ का कारण लागू गरिएको निषेधाज्ञामा न्याय दिने निकाय पनि बन्द रहेकाले अनशन तोडेको उनले जनाएकी छिन्।

उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छिन्, “कोभिड–१९ बाट नेपाली दाजुभाइ, दिदीबहिनी बचाउन सम्पूर्ण राज्य संयन्त्रहरू लागिपरेको अवस्थामा मैले आमरण अनशनको माध्यमबाट म समेत संलग्न द्वन्द्वपीडितहरूको न्यायको लागि लडिरहँदा न्याय नपाउने अवस्था रहेकाले मैले आफ्नो अनशन आजको मितिमा निलम्बन गर्ने निर्णय गरेको कुरा सबैलाई अनुरोध गर्दछु।”

कोरोनाका कारण अनशन तोडे पनि न्यायप्राप्तिको लडाइँ जारी रहने उनले बताएकी छिन्। उनी गत ६ पुसदेखि आमरण अनशनमा बसेकी थिइन्।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : १४ बजे

इरानलाई ‘नर्क’ बनाउने ट्रम्पको चेतावनीबीच वार्ता : यस्तो छ युद्धविरामको तत्कालीन र दीर्घकालीन प्रस्ताव

तेहरान– अमेरिका र इरानबीचको बढ्दो द्वन्द्व निर्णायक चरणमा प्रवेश गरेको

कालीगण्डकीको धारै परिवर्तन गरेर दोहन

गलकोट– आफ्नै गतिमा बगेको कालीगण्डकी नदीको धारै परिवर्तन गरेर दोहन

उत्तरको आकाशमा ड्रोन उडेपछि दक्षिण कोरियाली राष्ट्रपतिद्वारा खेद प्रकट

काठमाडौं- आफ्नो मुलुकबाट उडेको चालकरहित हवाइ उपकरण (ड्रोन) उत्तर कोरियाली

पाल्पामा बारी जोत्ने ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु

पाल्पा – पाल्पाको रामपर-३, गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले